उमेर समुहमा जितको खोजिमा मैदान उत्रिदै नेपाल

Advertisement

काठमाडौंः नेपालले शुक्रबार(आज) एएफसी यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिसप्रधा गर्दैछ । नेपाल पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इराकसँग १–० ले पराजित भएको थियो ।

भारतले भने प्यालेस्टाइनलार्य ३–० ले हराएको थियो । नेपालको आशा जीवितै राख्न भारतलाई पराजित गर्नैपर्ने हुन्छ । भारतले पहिलो खेलमा चोटका कारण केही खेलाडीलाई आराम दिएको थियो । नेपालविरुद्ध ती खेलाडी फर्कने सम्भावना छ । आजकै अर्को खेलमा इराक र प्यालेस्टाइन भिड्ने छन् ।

साथै आजै भुटानमा जारी साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपाल शुक्रबार माल्दिभ्ससँग खेल्दै छ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । माल्दिभ्सले भने खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

Advertisement

Advertisement

Advertisement