कैलाश विकास बैंकको १० प्रतिशत बोनस सेयर प्रस्ताव पारित

Advertisement

काठमाडौंः कैलाश विकास बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई दश प्रतिशत बोनस शेयर दिने भएको निर्णय गरेको छ । कम्पनीको असोज ६ गतेको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल करिब दुई अर्ब २९ करोड १४ लाख रुपियाँ बराबर चुक्तापूँजी रहेको बैंकले लगानीकर्ता चुक्तापूँजीको दश प्रतिशत बोनस शेयर र नौ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि बढाएको हो । कम्पनीको वार्षिक साधारणसभाले र नेपाल राष्ट्र बैंकको स्वीकृत पारित गरेपछि मात्रै उक्त लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

बैंकको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा २२ करोड १२ लाख रुपियाँ भएकाृ छ जुन अघिल्लो वर्षको तुलनामा ५३ दशमलव ४५ प्रतिशतले वृद्धि हो ।

Advertisement

Advertisement

Advertisement