अज्ञात समुहद्वारा गोली हानी रौतहटमा एक युवकको हत्या

Advertisement

रौतहटः रौतहटको परोहा नगरपालिकाको जिंगडवामा अज्ञात समूहले सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ ।

मृत्यु हुनेमा कांग्रेशका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं२ का वडाध्यक्षका प्रत्याशी थिए ।

बिहान करीब ४ बजेतिर घरको आंगनमा सुतिरहेकको अवस्थामा सोहेबलाई गोली प्रहार भएको सुरक्षाकर्मिले जनाएका छन् । शरीरमा गोलीर घाइते अवस्थामा रहेका सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौर लाने क्रममा बाटोमै मृत्यु भएको हो । शव परीक्षणको लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको शंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोज कुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरज कुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ । कांग्रेस नेता कार्यर्ताले माओवदीले हत्या गराउन लगाएको आरोप लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement