गैरआवासीय नेपाली संघको अध्यक्षमा कार्कीको उम्मेदवारी

Advertisement

कतार: गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्(एनआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने घोषणा पत्रकारहरुमाझ गरेका हुन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन (२०११–२०१३)बाट सचिव पदमा रही रहनुभएको थियो । सन् २०१३–२०१५)को छैटौँ विश्व सम्मेलनमा उपाध्यक्षमा विजयी भएसँगै एनआरएनएलाई संस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय कार्की हाल सल्लाहकार छन् ।

यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा सक्नुभएको छ । एनआरएनएआइसीसीको आसन्न विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुने भएको छ । विश्वका ५७ राष्ट्रमा एनआरएनको विस्तार भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement