चार पटकको विजेता जर्मनी र इंग्ल्याण्ड विश्वकपमा छनोट

Advertisement

एजेन्सीः डिफेन्डिङ च्याम्पियन जर्मनी र इंग्ल्याण्डले अर्को बर्ष रुसमा आयोजना हुने फिफा विश्व कपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जर्मनीले उत्तरी आयरल्यान्डलाई ३-१ ले र इंग्ल्याण्डले स्लोभेनियालाई १-० ले पराजित गर्दै आ-आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बेलफास्टमा भएको खेलमा चार पटकको विश्व विजेता जर्मनीका लागि सबास्टिन रुडी र सान्ड्रो वान्गरले पहिलो हाफमा सम्मान एक एक गोल गरेका थिए । साथै दोस्रो हाफमा सोसु किमिचले गोल थपेपछि जर्मनीको जित पक्का भएको थियो । युरोपेली छनोटको समुह सी को खेलमा जर्मनीको लगातार नवौं जित हो ।

यस्तै इंग्ल्याण्को लागि ९४ औं मिनेटमा ह्यारि केनले गोल गदै लगातार छैटौ पटक विश्व कप छनोट गराए । बेम्बलिमा भएको खेलमा केनले इन्जयुरि समयमा गोल गरेका थिए । यो उनको २२ औं अन्तरास्ट्रिय खेलमा ११ औं गोल हो । साथै रार्र्फोड र रहिम स्टर्लिङले गोलका लागि संघर्ष गरेपनि असफल भएका थिए । इंग्ल्याण्डको ९ खेलबाट २३ अंक भएको छ ।

Advertisement

Advertisement

Advertisement