नेपाल प्रहरीको आइजीपी हुन नपाएका नवराज कम्युनिष्ट नेता हुने भए

Advertisement

काठमाडौंः नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) हुन नपाएका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाल अब कम्युनिष्ट दलको नेता हुने भएका छन् । उनी शुक्रबार औपचारिकरुपमा एमालेमा प्रवेश गरे ।

प्रहरी संगठनबाट राजीनामा दिएपछि पछिल्लो समयमा एमालेका सार्वजनिक कार्यक्रमहरुमा पुग्ने गरेका सिलवाललाई एमाले‍का अध्यक्ष केपी ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे । उनले पदबाट दिएको राजीनामा अझै स्वीकृत नभए पनि सिलवालले आफ्नो राजनीतिक यात्रा भने सुरु गरेका छन् ।

नेपाल प्रहरीको आइजीपी भएरै छाड्ने महत्वाकाँक्षा लिएका सिलवालको बढुवामा काँग्रेस सभापति शेरबहादुर देउवा बाधक बनेका थिए । देउवाले आफ्नै क्षेत्रका जयबहादुर चन्दलार्इ आइजीपी बनाएपछि सिलवाल वरियताक्रम मिचिएको भन्दै अदालत पुगेका थिए ।

अदालतले चन्दको बरुवालाई अस्वीकार गरेपछि आइजीपी हुने मौका अर्यालले पाएका थिए । सिलवाललाई एमालेले प्रदेशसभा सदस्यका लागि प्रस्तुत गर्नसक्ने संभावना रहेको स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement