गुहेश्वरी मर्चेन्ट बैंकिङको हकप्रद शेयर आवेदन कार्तिक १२ गतेबाट खुल्ने

Advertisement

काठमाडौं: गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कात्तिक १२ गतेबाट ४० प्रतिशत हकप्रद शेयर जारी गरिने भएको छ । गुहेश्वरीले १० बराबर ४ को अनुपात अर्थात प्रत्येक १० शेयर बराबर थप ४ कित्ता सय रुपियाँ अंकित मूल्यमा पाउने छन् ।

गुहेश्वरीले कूल १९ लाख ७३ हजार ९२८.७७ कित्ता शेयर बिक्री गर्न लागेको हो । यसको अन्तिम म्याद मंसिर १८ गतेसम्म रहेको छ ।

हकप्रद दावी गर्नको लागि असोज २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं रहेको छ । आवेदन गुहेश्वरीको हरिहर भवन, पुल्चोक ललितपुर तथा कम्पनीका अधिकांश शाखा कार्यालयबाट गर्न सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

अहिले गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपियाँ छ । हकप्रद निष्कासनपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपियाँ पुग्नेछ ।

गुहेश्वरीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ९२ लाख ७० हजार रुपियाँ खुद नाफा कमाएको गरेको छ । गुहेश्वरीको प्रतिसेयर आम्दानी २६ रुपियाँ २० पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपियाँ १७ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement