सेनाको विभिन्न पदमा २६ सयको आवेदन खुल्यो

Advertisement

काठमाडौंः नेपाली सेनाले ठुलो सङख्यामा कर्मचारीको माग गर्दै रोजगारीको आवेदन खुलाएको छ । सेनाले २६ सय एक जनालाई कर्मचारीको लागि आवेदन माग गरेको हो । जस अन्र्तगत सहायक पण्डितदेखि मालीसम्मका लागि आवेदन खलाइएको छ ।

आवेदनमा अमल्दार कर्मचारी, सहायक पण्डित हूद्दा, सैनिक, ड्राइभर, कूचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोवी, सिकर्मी, मालीमा जागिर खुल्लाएएको सार्वजनिक सूचना मार्फत सेनाले जानकारी दिएको छ । सबैभन्दा धेरै सैन्य (सिपाही)मा २३ सय ९० जना माग गरिएको छ ।

सैनिक र ड्राइभरका लागि कक्षा ८ उत्र्तीण भएको हुनुपर्ने साथ सहायक पण्डितका लागि संस्कृत विषयमा कक्षा १० उत्रिण भएको हुनुपर्ने छ । अमल्दार कर्मचारीका लागि एसएलसी पासको योग्यता तोकिएको छ र त्यसका लागि बेसिक कम्प्युटरको तालिम आवश्यक भनिएको छ । अन्य पदका लागि भने सामान्य लेखपढ गर्न सक्ने भए हुने ससेनाले जनाएको छ । आवेदाको लागि आज (आइतबार)देखि मंसिर २० गतेसम्म र अन्तिम मितिबाट दोब्बर दस्तुर बुझाई थप सात दिनसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ ।

आवेदाको लागि स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सक्छन् । सेनाले दरखास्त फाराम शुल्क सहायक पण्डित रअमल्दार कर्मचारीलाई २ सय रुपैयाँ, सैन्य र सैन्य ड्राइभरलाई १ सय ५० रुपैयाँ र अन्य पदका लागि १ सय रुपैयाँ राखेको छ ।

Advertisement

Advertisement

Advertisement