पोल्याण्ड र इजिप्ट विश्वकपमा छनोट

Advertisement

एजेन्सीः पोल्याण्ड अर्को बर्ष रुसमा हुने विश्वकपमा छनोट हुन सफल भएको छ । फरवार्ड रोबर्ट लेवान्डोस्की कीर्तिमानी गोलको मद्दतमा छनोट भयो, उनले टोलीको लागि सार्वाधिक १६ गोल गरेका छन् । आइतबार भएको खेलमा मोन्टेनेग्रोलाई ४-२ गोल अन्तरले पराजित गर्दै पोल्यान्ड समूह विजेताको रुपमा छनोट भएको हो ।

खेलमा सुरुआती अग्रता बनाउदै पोल्यान्डले २-० को अग्रता बनाएपनि मोन्टेनेग्रो दोस्रो हाफमा बराबरी गोल फर्काउदै खेलमा फर्कने आशा जिवीत राखेको थियो । खेल सकिन पाँच मिनेट बाँकि हुँदा लेवान्डोस्कीले गोल गरेपछि टोलीले फेरि अग्रता लियो । समुहको उपविजेता डेनमार्कले भने रोमानियालाई १-१ को बराबरी रोक्दै प्लेअफको लागि स्थान पक्का बनायो ।

आइतबार राति भएको खेलमा कंगोलाई पराजित गर्दै इजिप्टपनि पनि २५ बर्षपछि विश्वकपमा छनोट भएको छ । इजिपटक घरेलु मैदानमा भएको खेलमा कंगो २-१ गोलले पराजित भयो । महमद सलाहले घरेलु टोलीका लागि ६३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि खेलको अन्त्यतिर कंगोले बराबरि गोल फर्कायो । इन्जुरी टाइमको ९५ औं मिनेटमा इजिप्टले पेनाल्टी पायो, जसमा सलाह चुकेनन् । अफ्रिकी छनोटको समूह ३ मा रहेको इजिप्ट ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement