निर्माण व्यवसायी संघका अध्यक्ष गौचनमाथि बानेश्वोरमा गोलि प्रहार

Advertisement

काठमाडौँ: काठमाडौँको मुटु मानिएको बानेश्वोर र शान्तिनगर नजिक अज्ञात समूहले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोलि प्रहरी गरिएको छ ।

काठमाडौँ प्रहरी परिसरका अनुसार गोलि ॐ शान्ति चोकनजिकै करिव सवा तीन बजे मोटरसाइकल सवार दुई जनाले गौचनमाथि चलाएका थिए।
बानेश्वोर प्रहरीका अनुसार गौचनमाथि दुई गोलि लागेको र उनको अहिले सिविल अस्पतालमा उपचार भइरहेको छ ।
दुवै गोली उनको पेटमा लागेको छ ।

गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी आयुक्त कार्यालयका प्रवक्ता पूर्णचन्द्र जोशीका अनुसार घटना भएको जानकारी आउनासाथ उपत्यकाको सुरक्षा अवस्था मजबुत बनाइएको छ । संलग्न हतियार धारीको खोजि तिब्र बनाइएको पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement