गोली लागेका निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

Advertisement

काठमाडौंः अज्ञात समूहबाट प्रहार गरेको गोली लागी घाइते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले सोमबार दिउँसो गोली हानेको थियो ।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ । आफ्नो गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली हानिएको थियो ।

गाडीको अगाडिबाट प्रहार गरिएको गोली शिशा छेड्दै गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement