गौचनका हत्यारालाई जनताले देख्नेगरी कारवाही गर– एफएनसीसीआई

Advertisement

काठमाडौंः निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष्ँ शरदकुमार गौचनलाई अज्ञात समूहबाट दिनदहाडै राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा सोमबार गोली प्रहार गरी हत्या गर्नेहरुलाई जनताले देख्नेगरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै उक्त घटनाले आफू स्तब्ध भएको भन्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । यस्ता बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ भन्दै उसले शान्तिको सास फेर्न पाइन्छ कि भन्ने आसमा रहेका आम नेपाली जनतामा यस बर्बर घटनाले पुनः एक पटक झस्काइदिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गौचनको हत्याले उद्यमी व्यवसायी त्रसिद हुन पुगेको भन्दै महासंघले सरकारलाई सबै भन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्ग नै असुरक्षित हु“दा निजी क्षेत्र अत्यन्त दुःखित भएको जनाएको छ । जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहु“दाको परिणाम नै यो घटना भएको महासंघको विश्लेषण छ ।

महासंघले मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन सरकारसँग जोडदार माग गर्दै शोकमा रहेको गौचन परिवारप्रति समवेदना प्रकट गरेको छ ।

Advertisement

Advertisement

Advertisement