सांसदहरुद्वारा गौचन हत्याको भत्सना

Advertisement

काठमाडौँः  सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गरेका छन् ।

उनिहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गरे । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सभामुख ओनसरी घर्तीसित समय माग गरी नेपाली काँग्रेसका दीपक गिरीले आगामी प्रदेश/प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको छ भने ।

नेकपा एमालेका जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको कमजोरी रहेको बताए । नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी/खोजी र छानी/छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरे । सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनको हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

Advertisement

Advertisement