एनआरएनए उपाध्यक्षका उमेद्वार भन्छन्ः नेपालको विकासका लागि लगानी बढाउँछौं

Advertisement

काठमाडाः गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन महाधिवेशनको मिति नजिकिंदै गर्दा संघका उपाध्यक्षका प्रत्यासी उमेद्धवारहरुले आ–आफ्नो जीतको दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा उपाध्यक्षका एक प्रत्यासी कुमार पन्तले संघले नेपालको विकासमा महत्वपूर्ण टेवा पुर्याएकाले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै समृद्धिको लागि अघि बढ्ने प्रतिबद्धता जनाए । उनले मुलुक समृद्ध भए खुशी लाग्ने तर व्यक्ति धनी भएर राष्ट्र« गरिब हुनु दुःखलाग्दो कुरा भएकाले अब आफूहरु मुलुकलाई धनी बनाउने अभियानमा होमिएको बताए ।

उपाध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले संघलाई राजनीतिक दलको रुपमा नलिनको लागि सरकारसँग आग्रह गरे । उनले भने संघ भनेको एउटा शक्ति हो, तर कुनै विवादहरु छैनन् । आचार्यले चुनावको बेलामा केही विचारहरुको जन्मका साथै स्वस्थ प्रतिष्पर्धा पनि हुनेगरेको बताए । तर संस्थालाई भिजन २०–२० भित्रै मुलुकलाई पूर्ण समृद्धिको लागि उभ्याएर छाड्छौं भन्दै उनले यो हाम्रो अभियान हो भने । आचार्य सँघको लगानी तथा प्रर्वद्धक टास्कफोर्सको संयोजक हुन् ।

महिलातर्फकी उपाध्यक्षकी प्रत्यासी रञ्जु वाग्ले थापाले संस्थाको बृहत्त हितको लागि महिलाहरुको पनि माथिल्लो निकायमा उपस्थिति हुनुपर्ने बताइन् । उनले रोलक्रम र अनुभवका आधारमा पनि अन्य उपाध्यक्षका प्रत्यासीहरुको तुलनामा आफू योग्य र सक्षम उम्मेद्धवार भएको दाबी गरिन् । थापाले अहिले चलिरहेको भिजन २०–२० आफूहरुले सहज रुपमा लिएको बताउँदै यसले संस्थाको बृहत्त हित र मुलुकको समृद्धिको लागि टेवा पुग्ने बताईन् ।

उपाध्यक्षकै अर्का प्रत्यासी चिरञ्जीवी थापाले अहिले संस्था मनोमानी ढंगले चलिरहेको आरोप लगाउदै पछिल्ला दिनमा एनआरएन मनोमानी ढंगले चलिरहेकाल यो गलत कुरालाई साम्य पार्न युवाहरु संस्थाको नेतृत्वमा आउनुपर्ने बताए । आफू संस्थामा सुरुवाती दिनदेखि नै सक्रिय रहेकाले संस्था र मुलुकको हितका लागि टेवा पुर्याउन आफ्ूले उम्मेद्धवारी दिएको उनले बताए । साथै थापाले विगतमा एनआरएनए चुकेकाले अब संस्थाको नेतृत्वमा युवाको खांचो रहेको बताए ।

गैरआवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्र्रिय समन्वय समितिका केन्द्रिय सदस्य एवम् संघको ग्लोबल सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजकका प्रत्यासी पारसमणि पोखरेलले संघ माटोको माया भएको बताए । उनले देश बाहिर भएपनि हाम्रो मन नेपालमै भएको र मुलुकले भोगेका अप्ठ््याराहमा संघले मलम लगाउने काम गरेको बताए । उनले युवाहरुको जोश, जाँगर र सिपलाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।

युरोप क्षेत्रिय संयोजक गंगाधर गौतमले आफूसँग व्यक्तिगत स्वार्थ केही पनि नभएको उल्लेख गर्दै संस्थाको हितको लागि आफ्नो उम्मेद्धवारी रहने दाबी गरे । उनले म र मेरो नभई हामी र हाम्रो भावनाको साथ संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement