एनसेल र आईफ्लिक्सबीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच हुने

Advertisement

काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले भोलि बिहीबारदेखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजेदेखि बिहान ५ बजेसम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मजा लिन सक्नेछन् ।

एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्य भन्छन, ‘‘आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ ।’’

एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा करसहित मात्र रु ५० मा एक घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्तर्गत ग्राहकले आईफ्लिक्समा रहेका कन्टेन्टहरुमध्ये कुनै पनि कन्टेन्टको एक घण्टासम्म मजा लिन सक्ने र ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् भने बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।

नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।
आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भन्छिन, “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पूरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं ।”

ग्राहकले गुगलप्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् । आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रयोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना पाँच वटासम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजालिन सक्छन् । एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामग्रीहरु हेर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement