गुडविलको लिलामी शेयर नपरेकाको पैसा फिर्ता आजबाट

काठमाडौं: गुडविल फाइनान्सले विहिबारदेखी लिलामी शेयर बाँडफाँटमा नपरेका आवेदकहरुलाई पैसा फिर्ता दिन सुरु गरेको छ। कम्पनीले आवेदकले उल्लेख गरेको बैंक खातामै पैसा फिर्ता गरिदिनेछ ।

गुडविलले असोज १ देखि १० गतेसम्म ८१ हजार कित्ता शेयर लिलामी बिक्री खुला गरेको थियो । गुडविलको लिलामी एही असोज २३ गते बाँडफाँट गरेको थियो ।

गुडविलले असार १८ देखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० कित्ता हकप्रद शेयर खुला गरेको थियो । उसबेला विक्री नभएको बाँकी शेयर लिलामीमा बिक्री गरिएको हो ।

अहिले गुडविलको चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपियाँ छ वार्षिक प्रतिशेयर आम्दानी २१ रुपियाँ १७ पैसा र प्रतिशेयर यर नेटवर्थ १४२ रुपियाँ ५० पैसा छ ।