रिलायन्स फाइनान्सलाई ४५ प्रतिशत हकप्रद विक्री गर्न बोर्डको अनुमति

Advertisement

काठमाडौं: रिलायन्स फाइनान्सले धितो पत्र बोर्डबाट ४५ प्रतिशत हकप्रद विक्री गर्न अनुमति पाएको छ । बोर्डले फाइनान्सलाई १० कित्ता बराबर चार दशमलव पाँचको अनुपातमा १०० रुपियाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर विक्री गर्नको लागि स्वीकृती ति दिएको हो ।

फाइनान्सको हकप्रदमा सनराइज क्यापिटललाई विक्री प्रबन्धक तोकिएको छ ।

अहिले रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपियाँ छ । हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपियाँ पुग्नेछ ।

 

Advertisement

Advertisement

Advertisement