सबैको लघुवित्त र वोमी माइक्रोफाइनान्समा रोजगारीको अवसर

Advertisement

काठमाडौंः सबैको लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । राष्ट्र बैंकबाट 'घ' वर्गको मान्यता प्राप्त कम्पनीहरुले अधिकृत स्तरकादेखि प्रशिक्षार्थी सहायक स्तरसम्मका कर्मचारी माग गरेका हुन् ।

हाल ३२ जिल्लामा सेवा दिइरहेको वोमी माइक्रोफाइनान्सले अधिकृत स्तरको पदमा कर्मचारी माग गरेको छ । उक्त पदको लागि योग्यता स्नातक तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा चार वर्षको अनुभव भएको हुनुपर्ने छ ।

संस्थाले वरिष्ठ सहायक शाखा प्रमुखमा पनि कर्मचारि माग गरेको छ । जसका लागि लघुवित्तमा दुर्इ वर्षको अनुभव र स्नातक तह उत्तिर्ण भएको योग्यता आवश्यक्ता पर्दछ । साथै संस्थाले एस.एल.सि. उत्तिर्ण गरेका सहायक स्तरका केहि प्रशिक्षार्थी सहायक पनि माग गरेको छ।

उक्त पदमा आवेदन दिनको लागि संस्थाको कार्यालहरुमा र संस्थाको वेव साइटबाट आफ्नो विवरण पठाउन सकिने छ । निवेदको अन्तिम मिति कार्तिक ११ गते रहेको छ र परीक्षा मिति कार्तिक १८ गते तोकेको छ ।

साथै सबैको लघुवित्त वित्तीय संस्थामा केहि संख्यामा शाखा प्रमुख, सहायक तथा कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ । शाखा प्रमुखका लागि स्नातक तह उत्तिर्ण गरि लघुवित्त बैंकमा दुर्इ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । त्यस्तै सहायक पदको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनपर्ने छ ।

संस्थाले प्रशिक्षार्थी पदको लागि छ महिना काम गरेकोलाई आवश्यक प्रक्रिया पछि नियुक्तीको प्रकृया अगाडी बढाउने जनाएको छ । आवेदकले कार्तिक १० गतेसम्म कम्पनीको कार्यालयमा आफ्नो वायोडाटा सहितको आवेदन बुझाउनु पर्ने छ ।

Advertisement

Advertisement

Advertisement