एलजीको वासिङ मेशिन किन धेरै बिक्री हुन्छ ?

lg-wasing-mechine

काठमाडौंः इरोमोनिटर इन्टरनेशनलले लुगा धुने घरायसी सामग्रीमा एलजीको वासिङ मेशिनलाई विगत दुई बर्षदेखि विश्वभर सबैभन्दा बढि बिक्री हुने सामग्रीको रुपमा सम्मानित गर्दै आएको छ ।

यसमा प्रयोग भएको इन्भर्टर ड्राइभ मोटरले परम्परागतरुपमा रहेको बेल्ट र पुल्ली सिस्टमलाई विस्थापित गरेको छ । यो खालको परम्परागत प्रणाली अन्य वासिङ मेशिनमा अझै भेटिन्छ । इन्भर्टर ड्राइभ मोटरले कम्पनलाई कम मात्रै नगरेर आवाज कम गर्न सहयोग गर्छ ।

साथै, एलजी वासिङ मेशिनमा भएको सिक्स मोशनले छ फरक ढंगबाट लुगालाई धुन सहयोग गर्छ, जसले लुगालाई सफाका साथै सुरक्षितसमेत गराउँछ । यसमा भएको टुर्बोवासले कम समय (एक घण्टाभन्दा कम)मा लुगा धुन र १५ प्रतिशत विद्युत तथा ४० प्रतिशत पानीको बचत गर्न सहयोग गर्छ ।

एलजीको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सका अनुसार एलजी वासिङ मेशिनले गुणस्तरीय लुगा धुवाईमा कुनै सम्झौता गर्दैन । यसमा भएको अर्को विशेषता ट्रयूस्ट्रिमले लुगामा भएका विकारहरुलाई हल्का ढंगले निखारेर ताजापन ल्याउन सहयोग गर्दछ ।
हेर्नलाई समेत स्टाइलिस र आकर्षक एलजी वासिङ मेशिन वान टच एलइडी प्यानलसहित विभिन्न मोडलमा उपलब्ध छन् । कम्प्रेसरमा १० बर्षको वारेन्टीले गर्दा यसको बिक्री सबैभन्दा अगाडि हुन सकेको चौधरी समूहको भनाई छ ।

कोरियन ब्राण्ड एलजी उपभोग्य इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीहरुमा विश्वभर रुचाइएको ब्राण्डमा पर्दछ । एलजीका उत्पादनहरु विश्व बजारमा मात्रै नभएर नेपाली बजारमा समेत पहिलो नम्बरमा पर्दछन । त्यसमध्येको एक एलजीको वासिङमा जडिन सिर्जनात्मक प्रनिधिले गर्दा लुगाहरुको दाग सजिलै जानुका साथै, हेर्नलाई आकर्षक र उर्जाको समेत खपत कम गर्ने भएको सिजी इलेक्ट्रोनिक्सको भनाई छ ।