सबैलाई रुवाउँदै सदाका लागि बिदा भए गौचन, सरकारद्वारा राष्ट्रिय झन्डा ओढाइयो (फोटो फिचर)

Advertisement

काठमाडौँ: चार दिन अघि गोलि हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव आज बिहान ९ बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलिका लागि महासंघमा राखिएको छ ।

उनको शव परिवारले बुझेपछि श्रद्धाञ्जलिका त्यहाँ राखिएको हो । सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । महासंघपछि उनको शव बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा केहि बेरका लागि लागिएको छ। उनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएको थियो ।

उनको श्रद्धाञ्जलिसभाको भावविहोल तस्बिर यस्ता छन् ।

तस्बिर: द्वारिका काफ्ले











 

Advertisement

Advertisement

Advertisement