हङकङविरुद्दको खेलको अघिल्लो दिन शरदलाई ज्वरो आयो

Advertisement

काठमाडौंः विश्व क्रिकेट लिग अन्गर्तको नेपाल र हङकङबीचको खेलको अघिल्लो दिन (बिहीबार) नेपाली टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकरको स्वास्थ्यमा समस्या देखिएको छ । ज्वरो आएपछि उनले बिहीबारको अभ्यास खेल गुमाएकाले भोलिको खेल खेल्ने वा नखेल्ने भन्ने अझै अन्यौल छ ।

यसबारे टिममा छलफल गरेर साँझसम्म निर्णय लिइने बताइएको छ । प्रशिक्षक जगत टमाटाका अनुसार भेषवाकरलाई टोलीमा उनकै सल्लाहअनुसार राखिने वा नराखिने निर्णय लिइनेछ । यदि शरदले खेल्न सकेनन् भने नेपाली ब्याट्सम्यानहरुको अर्डर हेरफेर हुनेछ । ओपनिङमा ज्ञानेन्द्र र सागर हुनेछन् भने कप्तान पारस खड्का तेस्रो नम्बरमा आउनेछन् ।

चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरी र पाँचौं नम्बरमा आरिफ शेखले ब्याटिङ गर्नेछन् । छैटौं नम्बरमा विनोद भण्डारी हुनेछन् । सातौं र आठौं नम्बरमा बलर सोमपाल कामी र करण केसी आउनेछन् । त्यसपछि बसन्त रेग्मी र सन्दिप लामिछाने हुनेछन् ।

Advertisement

Advertisement

Advertisement