एमालेलाई तालमेल भालुको कम्पट, भागबण्डा मिलाउन नसकेपछि स्थायी समिति बैठक

Advertisement

काठमाडौंः ठूला कम्युनिष्ट दलहरुबीच एकताको प्रतिवद्धतासहित गरिएको चुनावी तालमेलमा भागबण्डा मिलाउन सकस भएपछि विपक्षी एमालेले यस विषयलाई स्थायी समिति बैठक बोलाएर छलफल गरेको छ ।

सबैले छोडेर एक्लै भएका नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत चर्को भाग खोज्दै नपाए वाम गठबन्धन बाहिरिने धम्की दिएपछि एमालेले तालमेल भालुको कम्पट भएको हो ।

वाम गठवन्धनमा समाहित हुने साना दललाई भाग पुर्याएर बाँकीमा एमाले र माओवादीबीच ६०ः४० को अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँड गर्ने सहमति गरेको एमालेसँग सहयात्री दलका नेताहरुले नसोचको डिमाण्ड राख्न थालेपछि एमाले आत्तिएको हो ।

महत्वपूर्ण स्थानमा माओवादी केन्द्रले दावी गरेपछि एमालेलाई आफ्ना नेता कार्यकर्ता व्यवस्थापन गर्न मुस्किल भएको छ । मुस्किल भएपछि यस विषयमा छलफल गर्न उसले बिहीबार स्थायी समिति बैठक बोलाएको हो । दिउँसो २ बजे बोलाएको स्थायी समिति बैठक जारी छ । एमालेले स्थायी समिति बैठक बोलाएपछि गठवन्धनको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ ।

ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङगा, इलामबाट प्रतिनिधिसभातर्फ कुन पार्टीले कति सिट पाउने भन्नेमा मोटामोटी सहमति भएपनि कसले कति सिटबाट लड्ने निक्र्योल भइसकेको छैन । झापा, मोरङ र सुनसरीका धेरै निर्वाचन क्षेत्र भएका जिल्लाका बारेमा छलफलको सुरुवात मात्रै भएको बताए ।

भागबण्डा मिलाउन केही दिनदेखि बैठक जारी छ । स्थायी समिति बैठकले भागबण्डाको न्यूनतम सीमा निर्धारण गरेपछि गठवन्धनका दलहरुलाई त्यसका आधारमा उसले छलफल अघि बढाउने एमाले स्रोतले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement