जापानमा आफूखुशी उठाइएका बाढीपीडित राहत रकम बल्ल सार्वजनिक गर्दै नेपालका संघसंस्था

Advertisement

टोकियो: नेपालमा बाढी र पहिरोले घरबारविहीन बनाइएका तराईवासीका नाममा आफूखुशी राहत संकलन गरेका यहाँका आधा दर्जन संघसंस्थाले त्यस्ता राहत रकम सार्वजनिक गरेका छन् । पीडितलाई राहत दिन भन्दै दुई महिनाअघिदेखि उठाइआएको रकमलाई उनीहरुले सार्वजनिक गरेका हुन् ।

बा“के बर्दिया समाजले २ लाख १० हजार जापानी यान संकलन गरी दैवी प्रकोप उद्धार समितिबाट १ लाख ३० हजार जापानी यानको खाद्यान्न सामग्री वितरण गरेको जानकारी दिएको छ । संयोजक सुशील मल्लका अनुसार बचेको ८० हजार खेलकुद कार्यक्रमबाट संकलन हुने रकममा थपेर पठाइने छ ।

स्याङ्जा समाज जापानले १ लाख ६१ हजार संकलन गरी बर्दियामा र गल्कोट समाजले १२ लाख २५ हजार जापानी यानले रौतहटमा खाद्यान्न तथा स्वास्थ्य शिविर चलाएको बताएका छन् । पूर्वी नेपाल विकास सहकार्यले सुनसरीमा युवा र नारी विकास मञ्च मार्फत १ लाख ६० हजार, सप्तरीको हेल्प फर डेस्प्रेटसंस्था मार्फत ७० हजार र झापामा नेपाल रेडक्रस मार्फत ८० हजार जापानी यान वितरण गरेको छ । अध्यक्ष सुवास लोहनीका अनुसार ८० हजार जापानी यान बचत रहेको छ । त्यस्तै, धादिङ र सुदूर पश्चिमेली समाजले पनि १ लाख १० हजार र ५८ हजार ६ सय जापानी यान रेडक्रस मार्फत टिकापुरका पीडितलाई बा“डेको बताएका छन् ।
चितवन गोरखा समाज र नेपाली जनसम्पर्क समिति, प्रवासी मञ्चदेखि राष्ट्रिय जनमोर्चाको भ्रातृ संगठनले अझै राहत सार्वजनिक गरेका छैनन् । व्यक्तिगत रुपमा संकलन गरिएकाले पनि सार्वजनिक रुपमा बोलेका छैनन् । चितवन समाजका कार्यबाहक अध्यक्ष ईश्वरी कँडेलले आफ्नै समाजले पीडितका नाममा उठेको रकमबारे जानकारी नभएको बताउनुभयो ।

त्यस्तै, फुकुओकाका स्थानीय विद्यालयमा राखिएका दान बाकस अझै उठाइएको छैन । तराईमा बाढी पसेयता उनीहरुका नाममा आफूखुशी रकम उठाउनेले ५० हजारदेखि १० लाख जापानी यानसम्म उठाएको भएपनि संकलित रकमको कुनै निकायले हिसाब राखेका छैनन् । पीडितका लागि फुकुओका नेपाल सोसाइटी, सिटी गु्रपले १÷१ लाख र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कर्मचारीले छुट्टाछुट्टै उठाएको ५० हजार जापानी यानबारे पनि केही बोलेका छैनन् । एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, मगर समाज, साझा सद्भाव समूह लगायतले पीडितका नाममा रकम उठाएका थिए ।

बा“के बर्दिया समाजका सल्लाहकार डा विजय ज्ञवालीले सरकारी संयन्त्र सक्रिय नभएकाले आफूखुशी रकम उठाएको बताउनुभयो । पूर्वी नेपाल सहकार्यका कार्यबाहक सचिव भुवन रोकाले राजदूतावासको प्रभाव नरहेकाले रकम उठाउने होडबाजी चलेको बताउनुहुन्छ । राजदूतावासका तृतीय सचिव रेवन्त केसीले संघसंस्थाले सहकार्य नगरी गर्दैआएका क्रियाकलापप्रति सचेत रहेको बताउनुभयो । रकम उठाउने धेरै व्यक्ति तथा संघसंस्थाबारे जानकारी नभएको एनआरएनए जापानको भनाइ रहेको छ ।

Advertisement

Advertisement

Advertisement