माछापुच्छ्रेको एक लाख ६० हजार बढी कित्ता शेयर लिलामी विक्री आजबाट खुला

Advertisement

काठमाडौं: माछापुच्छ्रे बैंकको आइतबारबाट एक लाख ६० हजार ७४२.६४ कित्ता शेयर लिलामी बिक्री खुला गरिएको छ ।

बैकले संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४०.२४ कित्ता शेयर लिलामीमा राखेको हो ।

आवेदकले न्यूनतम सय रुपियाँलाई आधार मानेर निवेदन गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा मात्र आवेदन दिन सक्नेछन् ।

अहिले बैंकको बजार मूल्य प्रतिकित्ता ३२३ रुपियाँ छ । आवेदन दिने अन्तिम म्याद कात्तिक १३ गतेसम्मका लागि तोकिएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत बैंकले साउन ५ देखि भदौ ७ गतेसम्म ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा २७ हजार ७९ जनाले ७७ लाख ५७ हजार ६९७.३६ कित्ताका लागि मात्र आवेदन दिएपछि बाँकी रहेको १ लाख ६० हजार ७४२.६४ कित्ता शेयर अहिले लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी बोलपत्र फारम बुझाउनुपर्नेछ । संस्थापक समूहको बोलपत्र कात्तिक १४ गते दिउँसो ३ बजे र सर्वसाधारण समूहको सोही दिन ३.३० बजे एनएमबी क्यापिटल नागपोखरी, काठमाडौंमा खोलिनेछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपियाँ छ । लिलामीपछि भने माछाको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपियाँ हुनेछ ।

Advertisement

Advertisement

Advertisement