भारतीय रासायनिक मलको तौल कम भएको विषय छानविन गर्न समिति

Advertisement

काठमाडौंः सरकारले भारतीय युरिया मलको तौल कम भएको विषय छानविन गर्न पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख हस्तबहादुर संयोजकत्वमा छानविन समिति बनाएको छ ।

समितिले पाँच दिनभित्र कृषि विकास मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिको सदस्यमा मन्त्रालयको कृषि सामग्री व्यवस्थापन महाशाखा प्रमुख इश्वरी पाण्डे र कृषि सामग्री कम्पनी लिमिटेडका अधिकृत छन् ।

भारतको सरकारी कम्पनी ब्रम्हपुत्र भ्याली फर्टिलाइजर कर्पोरेशन लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम भएको पाइएको थियो । कृषि विकास मन्त्री रामकृष्ण यादवले मंगलबार भारतीय राजदूतलाई बोलाएर कुरा गरेका छन् ।

भेटमा नेपाल र भारतबीच कृषि क्षेत्रमा भइरहेको सहकार्य, लगानी र व्यापार सम्वन्धमा पनि कुरा भएको मन्त्रालयले जनाएको छ । मन्त्री यादवले आसन्न गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिन भारतीय राजदूतको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

Advertisement

Advertisement