लगातार तेस्रो हारसँगै नेपाल छनोटबाट बाहिरियो

Advertisement

काठमाडौंः नेपाल एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरणमा लगातार तेस्रो हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल शनिबारको आफ्नो तेस्रो खेलमा यूएईसँग १-० ले पराजित भएपछि छनोटबाट बाहिरिएको हो ।

पहिलो खेलबाट तीन खेलाडी परिवर्तन गरेर मैदान आएको नेपालले विपक्षी टोलीको आक्रमणलाई लगातार रोकेको थियो । तर, दोस्रो हाफको ७२ औं मिनेटमा यूएईका खालिद मोहमद अल्ब्लुशीले गोल गरेपछि नेपाल १-० गोलले पछि पर्यो । खेलको अन्तिम समयमा पेनाल्टिबाट खेललाई बराबरीमा ल्याउने अवसर पाए पनि नेपाल असफल भयो । गोलरक्षक सुहेल अब्दुल्लाले नेपालका रेजिन सुब्बालाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा अभिषेक रिजाल चुके ।

हारसँगै अंकविहीन नेपाल समुहको पुच्छरमा रहेको छ । नेपाल यसअघि किर्गिस्तानसँग २-० ले र बहराइनसँग ४-० ले पराजित भएको थियो । नेपालले आफ्नो अन्तिम खेलमा बुधबार ओमानको सामना गर्नेछ ।

Advertisement

Advertisement

Advertisement