समाज कल्याणमा उपप्रधानमन्त्री आफैले लगाए ताला

Advertisement

काठमाडौं । उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले समाजकल्याण परिषदमा तालाबन्दी गरेका छन । परिषदमा लामो समयदेखि कब्जा गरेर बसेका पदाधिकारीहरुले छोडन नमानेपछि मैनालीले उनीहरुको कार्यकक्षमा ताला लगाउन लगाई चावी आफैले राखेका छन् । 

आफ्नो पदावधी चैत्रसम्म रहेको भन्दै परिषदका सदस्य सचिवलगायतका पदाधिकारीले छोडन अटेर गरेपछि मन्त्री मैनालीले समाज कल्याण मन्त्रालयका सहसचिव नारायण काफ्लेलाई जिम्मेवारी दिएका थिए । 

Advertisement

कार्यालय सहयोगीलाई ताल्चा लगाउन लगाएर चावी आफैले राखेका हुन । मन्त्री र पदाधिकारीको विवादले परिषदको कामकारवाही ठप्प भएको छ । विगत लामो समयदेखि पैसा बुझाएर परिषद एकलौटी बनाउँदै आएका पदाधिकारीले आफ्नो थमौतीको सहारा अदालतलाई बनाएका छन् । 

मैनालीले हटाएपछि उनीहरुले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर आएका थिए । हालका पदाधिकारीलाई हटाएर आफ्ना मान्छे नियुक्त गर्न चाहेका उपप्रधानमन्त्री मैनालीको चाहना अपूरै हुने देखिएपछि पदाधिकारीको कार्यकक्षमा ताला लगाउन लगाएका हुन । 

गैरसरकारी संघसंस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ)को अनुगमन र नियमनको जिम्मा पाएको परिषदले उनीहरुको परियोजना तथा कार्यक्रमहरु स्वीकृति तथा अनुगमनका नाममा करोडौं रुपियाँ भ्रष्टाचार गर्दै आएको त्यहाँका कर्मचारीहरु बताउँछन् । 

परिषदका सदस्य सचिव रविन्द्र कुमार यादवले भने उपप्रधानमन्त्री मैनालीले कानून विपरितको कदमले परिषदले दिने सेवा ठप्प हुँदा सयौ गैर सरकारी सस्था र अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाका कार्यक्रम स्वीकृत गर्न नसकिएको, त्यसले भूकम्प पुनर्निर्माणको कामहरु समेत प्रभावित भएको र परिषद स्वयमलाई अहिलेसम्म १० लाख रुपियाँ नोक्सानी भएको बताए।

परिषदका कोषाध्यक्ष कुन्ज विहारी चौधरीले मधेसी पदाधिकारी भएको कारणले उपप्रधानमन्त्रीले पचाउन नसकेको भन्दै आफूहरुले नियमविपरित गर्न नमानेपछि समाज कल्याणलाई आफ्नो कार्यकर्ताको भर्ति केन्द्र बनाउन आफुहरुलाई बलजफ्ती हटाईएको आरोप लगाए । 

 

Advertisement

Advertisement