केन्द्रीय बैंकका पूर्वप्रमुख हैटीका प्रधानमन्त्री बने

Advertisement

पोर्टओप्रिन्स (हैटी) । हैटीका अन्तरिम राष्ट्रपति जोसेलमी पिभर्टले शुक्रबार यहाँका केन्द्रीय बैंकका पूर्वप्रमुखलाई प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । 

अन्तरिम राष्ट्रपतिले निर्वाचन सङ्कटलाई समाधान गर्दै हैटीको अर्थतन्त्र उकास्न उल्लेख्य भूमिका खेल्न राष्ट्रपति पिभर्टले नवनियुक्त प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । पूर्वराष्ट्रपति मिचेल मार्टलीले राष्ट्रपतिको निर्वाचन गराउन नसकेपछि उनको ठाउँमा अन्तरिम राष्ट्रपतिका रुपमा पिभर्टलाई यहाँको संसदले १२० दिनका लागि चुनेको थियो । 

Advertisement

पिभर्टले आगामी चार महिनामा राष्ट्रपति तथा यहाँको संसदको निर्वाचन गर्नुपर्नेछ । विवादै विवादमा जकडिएको हैटीका लागि यी चुनाव सम्पन्न गर्नु एक चुनौतीपूर्ण कार्य भएपनि चार महिनामा राष्ट्रपति तथा यहाँको संसदको निर्वाचन गर्नुको विकल्प भने देखिदैन । एएफपी 

Advertisement

Advertisement