उद्योग परिसंघको अध्यक्षमा हरिभक्त शर्मा चयन

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको तेह्रौं बार्षिक साधारणसभाबाट हरिभक्त शर्मा अध्यक्ष चयन भएका छन् । परिसंघको विधानअनुसार परिसंघको वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने व्यवस्थाअनुसार शर्मा अध्यक्ष चयन भएका छन् । 

सभाले आगामी तीन वर्षको लागि अध्यक्ष, उपाध्यक्ष एवं राष्ट्रिय परिषदका सदस्यहरुको निर्वाचन सम्पन्न गरेको हो । शर्माको अध्यक्षतामा पाँच उपाध्यक्षसहित २८ सदस्यीय राष्ट्रिय परिषदको गठन गएको छ । सभा बिहीबार सुरु भएको थियो । 

Advertisement

उपाध्यक्षहरुमा अनुज अग्रवाल, सतिषचन्द्र मोर, विष्णुकुमार अग्रवाल, निर्वाण चौधरी तथा कृष्ण अधिकारी रहेका छन् । यसैगरी, राष्ट्रिय परिषद सदस्यहरुमा सस्थापकतर्फबाट राहुल अग्रवाल, सुरेशलाल श्रेष्ठ, राजेश अग्रवाल, रमेश गुप्ता, शुलभ अग्रवाल, अमित वेगानी, दिलीप अग्रवाल, सन्दीप शारदा, कमल जैन र वरुण तोदी निर्वाचितभएका छन् । 

सस्थानगत सदस्यमध्येबाट आनन्द सुवेदी, अनलराज भट्टराई, गुरु न्यौपाने, मनोज केडिया, गुणचन्द्र विष्ट, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, संजिव रिजाल, आशा राणा अधिकारी, अमिर प्रताप राणा, वर्षा श्रेष्ठ छन् । संस्थागत सदस्यहरुमा चितवन उद्योग संघको तर्फबाट कृष्ण अधिकारी, नेपाल निर्यात परिषदको तर्फबाट नरेशदास तथा नेपाली युवा निमार्ण व्यवसायी समुदायकोतर्फबाट निकोलस पाण्डे निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष नरेन्द्र बस्न्यात र अध्यक्ष एमिरेट्स विनोद चौधरीले नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बधाई दिएका थिए । 

 

Advertisement

Advertisement