भाटभटेनी सुपरमार्केट अब त्रिपुरेश्वरमा पनि

Advertisement

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको दशौं शाखा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा खुल्ने भएको छ । शाखाको विधिवत शुभारम्भ यही आउने शनिबार गरिने सुपरमार्केट सुत्रले जानकारी दिएको छ । 

यसअघि भाटभटेनी सुपरमार्केटका काठमाडौंमा आठ तथा पोखरामा एक शाखा संचालनमा आइसकेका छन । त्रिपुरेश्वर शाखाको शुभारम्भमा भाटभटेनी सुपरमार्केटले आफ्ना ग्राहकलाई रेडिमेड गार्मेंन्टलगायत विभिन्न प्रकारका सामानको विक्रीमा १० प्रतिशत तथा विभिन्न ब्रान्डका मदिरामा पाँच प्रतिशत छुट दिने जानकारी दिएको छ । 

Advertisement

भाटभटेनी सुपरमार्केटका अन्य शाखाहरुमा झैं यसमा पनि दैनिक आवश्यकताका सबै लुगाकपडा, सिंगार सामग्री, इलेक्ट्रोनिक्स सामान, फर्निचर, खाद्यवस्तुलगायत सम्पूर्ण सामान उपलव्ध हुनेछन् । यस शाखाको संचालनबाट यस क्षेत्रका वासिन्दालाई आफ्नै टोल छिमेकमा सुपथ मूल्यमा सबै प्रकारका गुणस्तरीय सामान उपलव्ध हुने भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङ्गले बताएका छन । 

भाटभटेनी सुपरमार्केटका थप दुई शाखा उपत्यकाबाहिर निकट भविश्यमा नै खोलिने जनाइएको छ । 

Advertisement

Advertisement