प्रवासी नेपालीले पनि मनाए २५६०औं बुद्ध जयन्ती

Advertisement

साउदी अरब । २५६०औं बुद्ध जयन्ती प्रवासमा रहेका नेपालीले मनाए । साउदीमा रहेको नेपालीले दीप प्रज्जवलन गरी दिवस मनाएका हुन । वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीले पहिलो पटक पहिलो पटक जयन्ती मनाएका हुन् । 

नेपाली साझा मञ्चको आयोजनामा भएको कार्यक्रममा सहभागीले बुद्धप्रति श्रद्धा अर्पण गर्नुका साथै बुद्धले प्रदान गरेका पञ्चशील वचनलाई पालना गरेर जीवन सफल बनाउने प्रणसमेत गरेका थिए । 

Advertisement

बुद्ध जन्मेको महत्वलाई मात्रै पनि विश्वलाई बुझाउन सके नेपालको समृद्धिको ढोका खुल्ने चर्चा गर्दै उनीहरुले बुद्धको देशका नेपालीहरु रोजगारका लागि विदेशिनु दुखद र विडम्बना भएको बताए । वक्ताहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंलाउदै बुद्धका अशिंसावादी सिद्धान्तको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुनसक्ने बताए ।

अभियन्ता ओमप्रसाद फुयाँलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्ध भजन गाउनुका साथै सामुहिक दीप प्रज्जवलन गरिएको थियो । कार्यक्रममा अभियन्ता देवेन्द्र सुवेदी, अन्जनी अधिकारी, विधुर पौडेल, श्रीयवा लिम्बू, केशर बानिया, कृष्ण पुरी र संजिव सुनुवार, विवेकशील नेपालीका रविन गुरुग र अकल प्रधान र अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठलगायतले बुद्धका बारेमा चर्चा र सामाजिक संजालमा बुद्धको प्रचारप्रसार गरेर सहयोग पुर्याउनेलाई धन्यवाद दिएका थिए । 

Advertisement

Advertisement