दाहालको निर्देशनमा भाटभटेनीमा रहस्यमय छापा, बिजक र अरु कागजहरु जफत

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत अप्रत्यक्ष लगानी रहेको भनिएको नेपालकै ठूलो सुपरमार्केटमा सरकारी टोलीले छापा मारेको छ । आपूर्ति मन्त्रालयका अधिकारीको नेतृत्वमा अनुगमन भएको थियो । 

सोमबार र मंगगलबार गरिएको बजार अनुगमनमा भाटभटेनी सुपरमार्केटसहित अन्य विभिन्न ठूला खुद्रा पसल (सुपरमार्केट)हरुमा छापा हानिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका एक कर्मचारीका अनुसार माथिकै निर्देशनमा भाटभटेनीसहित कही सुपरमार्केटमा छापा हानी कागजपत्रहरु नियन्त्रणमा लिएको हो । 

Advertisement

भाटभटेनीको गैरिधारा गोदामका साथै बौद्धको भोटभटेनी फुड प्रोडक्समा दुई दिनसम्म अनुगमन गर्दा चनाको दालमा अधिक मूल्य कायम गरिएको, अधिकतम खुद्रा मूल्य लेखनुपर्नेमा नलेखिएको, हातले बिजक जारी गर्ने गरिएको, २० प्रतिशतभन्दा बढि मूल्य कायम गरिएको, म्याद नाघेका वस्तुहरु भेटिएको थियो अनुगमन टोलीले जनाएको छ । 

बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भाटभटेनीका गोदामहरुबाट दर्जन बढि वस्तुहरुको नमुना संकलन गरिनुका साथै शंकास्पद बिजक र अन्य कागजपत्र नियन्त्रणमा लिइएको र सातदिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको जनाएको छ । 

भाटभटेनी फुड प्रोडक्सको गोदाम भने शिल गरिएको छ । काठमाडौं उपत्यकाबाहेक पोखरा, चितवन र धरानसम्म आफ्नो शाखा विस्तार गरिसकेको भाटभटेनीमा माओवादी अध्यक्ष दाहालले द्धन्द्धकालमा लुटिएका अवैध सम्पत्तिहरु लगानी गरेको बाहिर सञ्चार माध्यममा आएका थिए । आफ्नै लगानी रहेको भनिएको व्यवसायीमा किन छापा मारिएको भन्ने विषय रहस्यमय बनेको छ । 

व्यवसायी मिनबहादुर गुरुङले सानो रुपबाट सुरु गरेको भाटभटेनीले अहिले वृहत रुप लिए पनि यसको अस्वाभाविक विस्तारमा कहाँबाट लगानी भइरहेको छ भन्ने कुरा गुरुङले पनि स्वयम अहिलेसम्म खुलाउन सकेका छैनन् । 

त्यस्तै, अनुगमन गरिएका अन्य सुपरमार्केटमा विभिन्न स्थानमा रहेका बिग मार्ट, केके मार्ट पनि छन् । बिग मार्टको शान्तिनगर शाखा, कालोपुलको गोदाम, कालोपुल र लाजिम्पाट शाखा, लगनखेलस्थित केके मार्ट छन् । 

बिग मार्टमा म्याद नाघेको वस्तु बिक्री भएको, मूल्य वृद्धि भएका बिजक जारी गरेको पाइएको थियो । कालोपुलको बिग मार्ट शाखामा सञ्चालकले शिल तोडेको सरकारी अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले उक्त शाखामा पुनः शिल गरिनुका साथै सञ्चालकलाई पक्राउ गरिएको छ । 

बिग मार्टबाट म्याद नाघेका वस्तु जफत गर्नुका साथै प्याकिङ गरिएका स्थानीय वस्तुमा लेबल लगाउन भनिएको छ । विभागको नेतृत्वमा भएको छुट्टै अनुगमनमा औषधि पसलदेखि डिपार्टमेन्टल स्टोर, पेट्रोल पम्पमा गरिएको अनुगमन यस्तो छः 

Advertisement

Advertisement