मिटरमा जान नमान्ने ट्याक्सीदेखि बढी भाडा अशुल्ने २७ सवारी साधन कारवाहीमा

Advertisement

काठमाडौं । सरकारी अनुगमन टालीले बुधबार एयरपोर्ट र पुल्चोक क्षेत्रका २७ सवारी साधनलाई बढी भाडा अशुलेको, गाडीमा भाडा दर पनि नटाँसेको कारण कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी पनि छन् । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले १६ वटा सवारी साधनलाई यात्रुसँग लिएको बढी भाडा फिर्ता गराई छाडेको छ । उनीहरुलाई गाडीमा भाडादर टाँस्न पनि निर्देशन दिइएको छ । बाँकीको सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीलाई जिम्मा लगाइएको छ । 

Advertisement

अनुगमन टोलीले खान अयोग्य ससेज बिक्री गर्ने ताल्चिखेलस्थित मोर्डन इन्ट्रिग्रेटेड पोर्क इन्ड्रष्ट्रिजलाई कारवाही गरेको छ । उक्त कम्पनीको आढे आठ किलो ससेज नष्ट गरी थप कारवाही अगाडि बढाइएको जनाइएको छ । 

त्यस्तै, कम तौलको सिलिण्डर बिक्री गर्ने कलंकीको श्रीकृष्ण ग्यास उद्योग, नारायणी ग्यास उद्योगका सिलिण्डर सिल गरी कारवाही अघि बढाइएको, विगतका पटक पटकका अनुगमनमा दिइएका निर्देशन पालना नगर्ने कालिमाटीको जैसवाल जनरल स्टोरलाई सिल गरी कारवाही अघि बढाइएको छ । 

वनस्थलीको एलिसा डेरी एण्ड स्विट्स प्रोडक्सले खाद्य अनुज्ञापत्र नलिएको, लेवल नभएको ध्यू बिक्री गरेको, तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । बालाजुको सामुहिक कृषक डेरीले अनुज्ञापत्र विना दही बिक्री गरेकोले पत्रमा दही थप्न भनिएको छ । 

नयाँ बानेश्वरको शिव मिष्ठान्न भण्डारमा म्याद नाघेका मिठाई फेला परेको छ । भण्डारीले शौचालय नजिकै भान्सा बनाएकोले सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । साथै, भण्डारबाट म्याद नाघेका मिठाई र मिठाईमा प्रयोग हुने म्यान नाघेको फ्लेवर जफत गरिएको छ । 

अनुगमन टोलीले असन क्षेत्रका १५ वटा किराना पसलको अनुगमन गरी लेवल नभएका, म्याद नाघेका, किरा परेका खाद्य वस्तु फेला परेकाले त्यो जफत गरी सचेत गराउनुका साथै साइनबोर्ड नराखेकाहरुलाई राख्न निर्देशन दिइएको छ । 

Advertisement

Advertisement