‘कोका–कोला जिरो’ अब नेपाली बजारमा पनि, सुगरका बिरामीले पनि पिउन सक्ने

Advertisement

काठमाडौंः कोका–कोलाले आफ्नो अर्को लोकप्रिय ब्राण्ड ‘कोका–कोला जिरो’ नेपाली बजारमा ल्याएको छ । कोकाकोला कम्पनीले मंगलबार एक कार्यक्र गरी नेपालमा यसलाई औपचारिकरुपमा भित्राएको हो । 

यसअघि विश्वका १५० मुलुकमा ल्याइसकिएको यो ब्राण्ड सुगररहित छ । अन्य कोकाकोलाकै स्वादमा रहेको यो उत्पादन सुगरका बिरामीहरुले समेत सहजै  सेवन गर्न सक्नेछन् । नेपालमा विद्यमान कोकका अन्य ब्राण्डहरु कोक, स्प्राइट, फ्यान्टा, माज्जा, स्वेप्स, किन्ले र मिनेट मेड जुसहरुमा थप कोकाकोला जिरो थपिएको छ ।

Advertisement

कोक जिरो नेपालका १५ वटा प्रमुख शहरहरुमा रहेका विभिन्न परम्परागत पसल, आधुनिक व्यापारिक  केन्द्र र कोका–कोलासँग आबद्ध बिशेष स्थानहरुबाट विक्री वितरण गरिने जनाइएको छ । कोका–कोला जिरो वा कोक जिरोको नामबाट प्रख्यात यो उत्पादन २० विलियन डलर आम्दानी भएको कोका–कोला कम्पनीको विलियन डलर क्लवमा सबैभन्दा छिटो समावेश हुने ब्राण्ड भएको जनाइएको छ । 

नायिका प्रियंका कार्की, गायक सबिन राई, गायिका इन्दिरा जोशी, कोका–कोेला इन्डिया तथा दक्षिण एसियाका अध्यक्ष वेङ्कटेश किनी र कोका–कोला कम्पनी बोटलिङ इन्भेस्टमेन्टस् ग्रुपका क्षेत्रीय निर्देशक टी कृष्णकुमारसहित कोकाकोलासँग आवद्ध अधिकारीहरुले नेपालमा भित्राइएको यो उत्पादन मंगलबार सार्वजनिक गरे । 

क्षेत्रीय निर्देशक कृष्णकुमारले आफूहरुले नेपालमा भएको आफ्नो व्यवसायको दिर्घकालीन भविष्यका लागि निकै आशावादी रहेको भन्दै नेपालले सार्क राष्ट्र भित्रको रणनीतिक स्थान ओगटेको र  कोकको प्रमुख बढ्दो बजार पनि यही भएको बताए । 

तीन किसिमका प्याकहरुमा उपलब्ध कोकाकोला जिरोमा ६५ रुपियाँ मूल्य पर्ने पाँचसय मिलिलिटरको पेट बोटल, ७५ रुपियाँ मूल्यको तीनसय मिलिलिटर क्यान र ४५ रुपियाँ मूल्यको १८० मिलिलिटरको क्यान रहेका छन् । 

कोका–कोेला इन्डियाका अध्यक्ष किनीले ग्राहकको छनौट लगातार परिवर्तन भइरहेकोले विश्व प्रसिद्ध पेय पदार्थ ब्राण्डहरु पोर्टफोलियोमा थप हुनु निकै महत्वपूर्ण हो भन्दै यसले कोकका अन्य ब्राण्डहरुलाई प्रबद्र्धन गर्न सहयोग गर्ने बताए । 

Advertisement

Advertisement