किङ्स कलेज र युनुस सेन्टरबीच सहकार्य, नेपालमा ‘युनुस सामाजिक उधमशिलता केन्द्र’ स्थापना हुने

Advertisement

काठमाडौंः किङ्स कलेजले ढाकास्थित युनुस सेन्टरसँग साझेदारी सम्बन्ध विकासको घोषणा गरेको छ । काठमाडांैको एक प्रमुख विजनेश कलेजको रुपमा रहेको यस संस्था र युनुस सेन्टरबीच मंगलबार बंगलादेशको ढाकास्थित ग्रामीण बैंकको कार्यालयमा साझेदारीका लागि सहमती भएको हो । 

सहमतिअनुसार किङ्स कलेजले नेपालमा पहिलो पटक युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापना गर्नेछ । किङ्सका तर्फबाट कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल र युनुस सेन्टरका तर्फबाट संस्थाका अध्यक्ष नोबल पुरस्कार बिजेता प्रोफेसर डाक्टर मोहमद युनुसले हस्ताक्षर गरेका छन् । 

Advertisement

दुई संस्थाबीच साझेदारी तथा सहकार्यका लागि युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापनाको अवधारणाको विकास गर्ने तथा सहकार्यका विभिन्न उपायहरुको पहिचान गर्ने उद्देश्य राखिएको छ । किङ्सअन्तर्गत स्थापना हुने यस केन्द्रले मुख्यगरी अपसी सहमती तथा सहकार्यको आधारमा नेपालको गरिबी निवारणमा डाक्टर युनुसद्धारा प्रतिपादित सामाजिक उधमशिलताको अवधारणाको कार्यान्वयनका लागि विभिन्न क्रियाकलाप संचालन गर्नेछ । 

सहमतीपत्रको कार्यान्वयनका लागि किङ्स कलेजले आपसी हितको प्रबद्र्धन गर्दै शिक्षा, अनुसन्धान, सूचनाको आदनप्रदान र कार्य योजनाको विकास लगायतको साझा विषयहरुमा काम गरी ब्यवसायिक तथा सामाजिक परिबर्तनलाई गति दिनका लागि एक अर्काका मूल्य मान्यता तथा संस्कृतिको बुझाइलाई प्रोत्साहन गर्ने जनाएको छ ।

युनुस सामाजिक उधमशिलता केन्द्रले डाक्टर युनुसको सामाजिक उधमशिलताको अवधारणलाई नेपालमा संचालन गर्न तथा कार्यान्वयन गर्नका लागि दुई देशबीच विद्यार्थी तथा शिक्षकहरुको आदानप्रदान एवं भ्रमण तथा शैक्षिक भ्रमणद्धारा उनीहरुलाई गरिब राष्ट्रहरुमा आर्थिक विकासका लागि अवलम्बन गरिएको प्रविधी तथा कार्यक्रमहरुबारे प्रत्यक्ष अवलोकन तथा जानकारीको हासिल गर्ने अवसर दिने किङ्स कलेजले जनाएको छ । 

युनुस केन्द्र र किङ्ग्स कलेजबीचको सहकार्यमा सेतुको भूमिका निर्वाह गर्ने केन्द्रले सामाजिक उधमशिलता कार्यक्रमहरु, पाठ्य सामग्री, अनुसन्धान, प्रकाशन, सामाजक उधमशिलता निर्माण तथा मूल्यांकन प्रयोगशाला, सम्मेलन, शैक्षिक कार्यशाला, इन्टर्नशीप तथा छात्रावृत्ति कार्यक्रम पनि संचालन गर्नेछ । 

कलेजका कार्यकारी निर्देशक अर्याल भन्छन्, “विश्वमा नै सामाजिक उधमशिलताको अवधारणाको विकास गरी सोको सफल परिक्षण गरिसक्नु भएका प्रोफेसर युनुसको संस्थासँग सहकार्य गर्न पाउनुलाई हामीले ठूलो उपलब्धिको रुपमा लिएका छौं । यस सहकार्यमार्फत हामीले सामाजिक उधमशिलतामार्फत नेपालको रुपान्तरण गर्ने सपनालाई साकार गर्न सकिन्छ भन्ने अपेक्षा छ ।” सहमतीपत्र दुईमध्ये कुनै एक पक्षले संशोधन वा खारेज गर्न नचाहँदा सम्मको अवस्थामा दिर्घकालसम्मका लागि लागू हुने जनाइएको छ । 
 

Advertisement

Advertisement