नेपाली ह्विस्की ‘व्युरोक्राट’ आयो बजारमा

Advertisement

काठमाडौंः छिन्नमस्ता डिस्टिलरी प्रालिले ‘व्युरोक्राट ह्विस्की बजारमा ल्याएको छ । आकर्षक बोतलमा ल्याइएको यो मदिरा ७५० मिलिलिटर परिणाममा रहेको छ । 

यो बजारमा पाइने महंगा ह्विस्कीभन्दा अझ धेरै गुणस्तरको रहेको कम्पनीको दावी छ । तीन वर्ष पूरानो माल्ट प्रयोग गरी बनाइएको र नयाँ प्रविधिमा उत्पादन भएको यो ह्विस्की खाँदा सफ्ट अनुभव हुन्छ । 

Advertisement

हाल दैनिक आठ सयदेखि नौ सय केस उत्पादन हुने यस ह्विस्की स्वदेशी र विदेशी ग्राहकको रोजाइमा पर्न सफल हुने कम्पनीको विश्वास छ । २०५३ सालमा जनकपुरमा स्थापना भएको यस कम्पनीले मध्यवर्गीय ग्राहकलाई लक्षित गरी उच्च क्वालिटिको ह्विस्की, जीन, भोट्का र रम उत्पादन गरी बिक्री बितरण गर्दै आएको छ । 

कम्पनीका प्रवन्ध निर्देशक श्याम साहले आम उपभोक्तले आफ्ना ब्राण्डले उत्पादन अत्यधिक रुचाएको र नयाँ ब्राण्डको ह्विस्की आफ्ना ग्राहक समक्ष राख्न पाउनु कम्पनीप्रतीको उपभोक्ताको विश्वास भएको बताए । 

Advertisement

Advertisement