एनसीसीको ‘डिसिइओ’मा बन्दना पाठक, निजी क्षेत्रको बैंकमा उच्च तहमा पुग्ने पहिलो महिना

Advertisement

काठमाडौंः हालै चारवटा विकास बैंकहरुलाई गाभेसँगै राष्ट्र बैंकबाट व्यवस्थापन फिर्ता लिएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)को नायव प्रमुख कार्यकारी अधिकृतमा वन्दना पाठक नियुक्त भएकी छन् । 

यसअघि नायव महाप्रवन्धक रहेकी उनले गत पुस १५ गतेदेखि लागु हुने नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आए पनि औपचारिक निर्णय भने आइतबार मात्रै भएको हो । 

Advertisement

अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी सन् १९९४ मा नेपाल बंगलादेश बैंकबाट आफ्नो बैकिङ्ग करियर सुरु गरेकी हुन । सन् २००४ मा नायब प्रवन्धकको रुपमा एनसीसी प्रवेश गरेकी पाठक निजी क्षेत्रको बैठकमा यति ठूलो तहमा पुग्ने संभवतः पहिलो महिला भएको बैंकको भनाई छ । 

Advertisement

Advertisement