जुत्ता चप्पलको ‘बिग सेल’ मेला माघ ९ गतेसम्म चल्ने

Advertisement

काठमाडौंः नेपाली जुत्ता घरको आयोजनामा भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भइरहेको ‘बिग सेल’ मेलाको अवधि माघ ९ गतेसम्म लम्ब्याइएको छ । गत पुस १४ गतेदेखि सुरु भएको मेलामा उपभोक्ताको रुची कायमै रहेकाले समथ थप गरिएको आयोजकको भनाई छ । 

बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयाम लक्षित नयाँ डिजाइनका जुत्ताहरुसमेत बिक्री वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको जुत्ता घरको भनाई छ । कम्पनीहरुले यस सिजनमा बनाइएको नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु बिग सेल मेलामा मात्र उपलब्ध गराइएको छ । 

Advertisement

यी जुत्ताहरुमा खुद्रा बिक्री मूल्यमा १५ देखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा  १५० देखि १० हजार रुपियाँसम्मका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ । जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईका अनुसार नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सीमित डिजाइनका जुत्ता चप्पलहरु लागतभन्दा पनि कम मूल्यमा बिक्री गरिएको छ ।  

Advertisement

Advertisement