अष्ट्रेलिया किन यति धेरै युवाहरुको आकर्षणको केन्द्र बन्दैछ ? भवानी ओलीसँगको कुराकानी

Advertisement

पृथ्वीको दक्षिण गोलाद्र्धमा रहेको महादेश, जुन सिंगै एउटा देश, अष्ट्रेलिया अहिले विश्वभरका मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । उच्च शिक्षाका लागि मात्रै नभएर सहज जीवनयापनका लागि अष्ट्रेलिया जाने र जान चाहनेहरुको संख्या निकै ठूलो । नेपालका विशेषगरी विद्यालय शिक्षाका् अध्ययन सक्ने र उच्च शिक्षा अध्ययन गरिरहेकाहरुसम्मले अष्ट्रेलियालाई सपनाको देश बनाइरहेको देखिन्छ । आखिरी किन अष्ट्रेलिया यति धेरै आकर्षण बनिरहेको छ ? यसै मुल विषयमा अष्ट्रेलिया शिक्षामा लामो समयदेखि काम गर्दै आएको ओली एण्ड एशोसियट्सका कार्यकारी निर्देशक भवानीप्रसाद ओलीसँग कर्पोरेट नेपाल डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम 'कर्पोरेट नेपाल'मा गरिएको कुराकानीको प्रमुख अंशहरु यहाँ प्रस्तुत गरिएको छ । ओली एण्ड एशोसियट्स अष्ट्रेलिया शिक्षाको परामर्शमा सबैभन्दा पूरानो ठूलो संस्थाको रुपमा रहँदै आएको छ । 

तपाईंहरुले विद्यार्थीहरु अष्ट्रेलिया पठाउनुहुन्छ । के देखेर पठाउनुहुन्छ ? 
उच्च शिक्षाको क्वालिटी पहिलो कुरो । पढिन्जिेलको लाइफ स्टाइल दोस्रो । तेस्रो कुरा त्यहाँबाट सिक्ने कुरा । कितावको ज्ञान मात्रै सिक्ने होइन कि संसारभरिबाट आउने मानिसहरुको पपुलर डेष्टिनेशन हो । नेपालबाट मात्रै होइन । इभन अमेरिका र युरोपबाट समेत पढन आउँछन् ।  त्यहाँबाट कितावको ज्ञान मात्रै सिक्ने होइन । भनिसकेपछि यो ठाउँ भनेको औपचारिक शिक्षाका लागि मात्रै नभएर धेरै अनुभव हासिल गर्न, सुचना आदान प्रदान गर्न र अरु देशको संस्कृतिसँग पनि मिक्सअप गर्न पाइन्छ । त्यो एउटा पाटो हो भने अर्को एफोडेवल ट्युशन फि, राम्रो मौसम–बाताबरण.....। 

Advertisement

तर अन्य मुलुकभन्दा अष्ट्रेलिया अध्ययनको लागि महंगो मानिन्छ नि ? 
आर्थिकरुपले महंगो अष्ट्रेलियाका सबै सिटीहरु छैनन् । जस्तो अरु मुलुक भन्नाले कम्पेरेवल मुलुकहरुको कुरा गर्नुपर्यो । अष्ट्रेलियाको कुरा गर्दा हामीले अमेरिकासँग तुलना गर्नुपर्यो । बेलायतसँग तुलना गर्नुपर्यो । क्यानडासँग तुलना गर्नुपर्यो । अष्ट्रेलियाको शिक्षाको, ट्युशनको फिको कुरा गर्दा त्यति महंगो छैन । त्यो एफोडेवल रेन्जमा छ र त्यो फिको डिटरमिनेशन भनेको सम्वन्धित सिटीको क्वालिटी अफ लिभिङ कस्तो छ ? त्यो कुरामा भर पर्छ । 

कस्तो छ बजारको तथ्याङ्क ? युरोप अमेरिका जाने र अष्ट्रेलिया जानेको तथ्याङ्क कस्तो छ ? 

अन्त जानेको त्यति मलाई थाहा छैन । अष्ट्रेलियन एजुकेशनको वन अफ द मेजर प्रोमोटर हौं हामी । हामी १५ बर्षदेखि यो विजनेशमा छौं । हामीले २००६/७/८ मा अष्ट्रेलियन एजुकेशनको म्यासिभ क्याम्पियन गरेका थियौं । वि क्यान प्रभ अष्ट्रेलिया इज वेष्ट डेष्टिनेशन फर मष्ट अफ द नेप्लिज स्टुडेन्ट हु वान्टु गो एब्रोड फर क्वालिटी एजुकेशन । आफूले सोचेअनुसारको भविश्य बनाउन राम्रो हुन्छ भनेर हामीले अष्ट्रेलिया रोज्यौं । अघि भनिएका कुराहरु छन्, गुणस्तरीय शिक्षा उच्च जीवनस्तर र शैली, त्यहाँको सामाजिक सुरक्षा, सामुदायिक सुरक्षा, सामाजिक सदभाव, भेदभावविरुद्धको कडा नीति जस्ता कुराहरुले अष्ट्रेलियाको संख्या......। आजभन्दा चारबर्ष अगाडि पहिला युरोप अमेरिका भन्ने चलन थियो । अहिले पहिला अष्ट्रेलिया भन्ने अवस्था आइपुगेको छ । 

विश्वका अन्य मुलुकबाट अष्ट्रेलियाको आकर्षण नेपालको जस्तै छ कि नेपालीहरुका लागि मात्रै त्यत्ति धेरै आकर्षण भएको हो ? 
होइन । संसारभरिबाट आकर्षण छ । इभन अमेरिकामा अमेरिकामा ग्रीन कार्ड पाएका मानिसहरु, क्यानडामा ग्रीनकार्ड पाएका मानिसहरुको ठूलो संख्या......, नेपालीहरु मात्रै होइन, ठूलो संख्या अष्ट्रेलिया माइग्रेट हुन निकै लालयित हुन्छ । एउटा मानिसले अष्ट्रेलियामा गएर दुई महिना समय बितायो भने ‘हि डजन्ट वान्ट टु गो युरोप अर अमेरिका ।’ 

थप रोचक कुराकानी भिडियोमा हेर्नुहोसः

Advertisement

Advertisement