सौन्दर्य मेला त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा सुरु, सुन्दरताका पारखीहरुलाई निम्तो

Advertisement

काठमाडौंः राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा दोस्रो सौन्दर्य मेला सुरु भएको छ । सौन्दर्यकला व्यवसायी संघले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा मेला आयोजना गरेको हो । 

कुल ७० वटा स्टल रहेको मेलामा स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय व्रान्डका सौन्दर्य वस्तुहरु रहेका छन् । तीन दिनसम्म चल्ने मेलको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्ययले उदघाटन गरेका हुन ।  

Advertisement

सचिव उपाध्ययले सौन्दर्यकला व्यवसायमा अवसर र चुनौति दुवै रहेकाले यसको प्रवद्र्घन र विकासका लागि सबैको सहयोग जरुरी रहेको बताए । उनले स्वस्थ सौन्दर्य अहिलेको आवश्यकता भएकाले सौन्दर्य उद्यमीहरुलाई गुणस्तरीय वस्तु  तथा सेवाको बिक्री बितरण गर्न सुझाव दिए । 

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष एवं महासंघकी कार्यकारी समिति सदस्य कमला श्रेष्ठले सौन्दर्यकला व्यवसाय फष्टाउँदै गएको भन्दै यसमा स्वरोजगार हुने महिलाहरुको संख्या उल्लेख्य रहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताइन । 

महासंघका कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठ, शंकर पाण्डे  र वाणिज्य मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली लगायतले बोलेका थिए । मेलामा पाँच वटै विकास क्षेत्रका सौन्दर्य उद्यमीहरुको सहभागीता रहेको छ । वार्षिक चार अर्ब रुपियाँ बराबरका सौन्दर्य सामग्रीको खपत भएको समेत सो अवसरमा जानकारी गराइयो । 

Advertisement

Advertisement