हेयर एन शान्तिको शाखा नेपालमा पनि

Advertisement

काठमाडौंः हेयर एन शान्ति नामक यूनिसेक्स सलुनले आफ्नो पहिलो मल्टिनेशनल शाखा काठमाडौंमा सुरु गरेको छ । गएको शुक्रबार एक कार्यक्रमबीच शाखाको मिस नेपाल अस्मी श्रेष्ठले उद्घाटन गरिन । 

कार्यक्रममा नेपालका व्यवसायी, समाजसेवी, कलाकारहरु सहभागी थिए । कमलादीको सिद्धार्थ कम्लेक्समा सुरु गरिएको उक्त सलुन र यसका सम्पूर्ण स्टाइलिस्टहरु लोरियल इन्टरनेशनलद्वारा प्रमाणित एवं मान्यता प्राप्त रहेको जनाइएको छ । 

Advertisement

सलुनमा ग्राहकहरुले विशेष एवं अत्याधुनिक सुविधाहरुको अनुभव गर्नेछन् । ग्राहकको सन्तुष्टीका लागि गुणस्तरीय उत्पादनको प्रयोग र विशिष्ट सेवामा विशेष जोड दिने सञ्चालकहरुको भनाई छ । 

हेयर एन शान्ति विश्वको अग्रणी यूनिसेक्स सलुन हो । यसको पहिलो शाखा दिल्लीमा २००१ मा उद्घाटन गरिएको थियो भने छोटो समयमा सफलता हाँसिल गरि हाल यसले दिल्लीभर १२ वटा शाखाहरु सञ्चालन गर्दै आइरहेको छन् । 

Advertisement

Advertisement