उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै सस्तो

Advertisement

काठमाडौं : काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून छ । उपत्यका वरपरका जिल्लामा उत्पादन बढेको र भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएका कारण मूल्य घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भान्साको अनिवार्य तरकारी आलुको मूल्य गतवर्ष १९ (सेतो) र २७ (रातो) रुपियाँ  प्रतिकिलो  थोक कारोबार भएकोमा हाल क्रमशः १६ र २२ रुपियाँ  प्रतिकिलोमा झरेको खबर आजको कारोबारमा छ ।

Advertisement

उपत्यकामा तरकारीको खपत बढेपछि टमाटर, आलु, बन्दा, काउली, मुला, सिमी, साग, भिन्डी, स्कुसलगायत अधिकांश तरकारीको मूल्य घटेको हो । दैनिक उपभोग्य प्याजको मूल्य पनि गतवर्ष ३२ रुपियाँ  प्रतिकिलो कारोबार भएकोमा यस वर्ष घटेर २४ रुपियाँमा झरेको छ ।

दुई वर्षअघि यही सिजनमा प्याजको मूल्य ३९ रुपियाँ प्रतिकिलोसम्म पुगेको थियो भने अफसिजनमा प्याजको उपभोक्ता मूल्य १ सय ५० रुपियाँ प्रतिकिलोसम्म पुगेको रेकर्ड छ ।

वितगका वर्षमा यही सिजनमा दैनिक करिव ५ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी बजारमा हाल दैनिक ८ सय टन भित्रने गरेको छ ।

“तरकारी बजारमा उपत्यकाको करिब ६० प्रतिशत हिस्सा ओगटेको कालीमाटी बजारमा मात्र हैन निजीस्तरका बल्खु, टुकुचा, बालाजुलगायतका बजारमा पनि आपूर्ति बढेको छ,” नेपाल तरकारी तथा फलुफुल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्छन्, “सिजनका तरकारी आलु, टमाटर, काउली, बन्दा, मुला, साग, स्कुसलगायत नेपाली किसाले उत्पादन गरेका तरकारी नै बढी आउन थालेका छन् तर, यीनै तरकारी भारतबाट पनि बढी मात्रामा आउन थालेकाले मूल्य घटेको हो ।”

Advertisement

Advertisement