कर्मचारीलाई स्वेच्छिक अवकास दिन नेसनल ट्रेडिङले ५० रोपनी जग्गा आयल निगमलाई बेच्ने

Advertisement

काठमाडौं : तेल भण्डारणको क्षमाता बढाउन भन्दै नेपाल आयल निगम केन्द्रिय कार्यालयले काठमाडौँको टेकुमा अवस्थित नेसनल  ट्रेडिङ लिमिटेको ५० रोपनी जग्गा खरिद गर्ने तयारी गरेको छ ।

निगमले सो जग्गा पेट्रोलियम पदार्थको बिक्रि वितरणबाट उठेको नाफाको रकमले जग्गा खरिद गर्न्दा लगाएको, निगमले जनाएको छ ।

Advertisement

निगम उच्छ स्रोतका अनुसार लिमिटेडको जग्गा निगमले चलेको भाउमै किन्ने छ । जागा खरिदको लागि निगम संचालक समितिले निर्णय समेत गरिसकेको स्रोतले जानकारी दियो । यसको लागि थप आवस्यक कार्यको लागि भने अर्थ मन्त्रालयबाट समेत सहमति चाहिने हुँदा थप कार्य अघि बढ्न नसकेको पनि बताए ।
 
हाल लिमिटेडको जग्गाको मूल्य प्रतिआना ३२ लाख रुपियाँका पर्ने जनाइएको छ। नेसनल ट्रेडिङले पनि आफ्नो स्वामित्वको जग्गा लिमिटेड घाटामा गएको कारण जनाउदै बेच्न तयार रहेको पनि निगमले जनाएको छ ।

जग्गा बेचेर आएको पैसा, उसले कर्मचारीलाई स्वेच्छिक अवकास दिने र सरकारले दिएको ऋण तिर्ने उसको विचार छ । नेसनल ट्रेडिङले सरकारलाई १ अर्ब र विभिन्न बैंकलाई ३७ करोड रुपियाँ ऋण तिर्न बाँकी छ ।

सरकारको निर्णय बमोजिम लिमिटेडलाई आयल निगमसँग गाभ्ने तयारी समेत भैइरहेको निगमले जनाएको छ ।  

हाल खाद्यान्न, मदिरा र विद्युतीय उपकरण व्यापार गर्दै आएको संस्था लामो समयदेखि घाटामा गएर बन्द गर्ने अवस्थामा पुगेपछि निगमसँग गाभ्न लागिएको हो ।

आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको संयोजकत्वमा बनेको अध्ययन समितिले निगमसँग गाभ्ने विषयमा अध्ययन गरेको थियो । समितिले अध्ययन गरेर जग्गा बिक्री गरी कर्मचारीलाई अवकाश दिन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ ।

नेसनल ट्रेडिङमा हाल २ सय ८३ जना कर्मचारी मध्ये २ सय ४३ जना स्वेच्छिक अवकासका लागि इच्छुक भएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

 

Advertisement

Advertisement