लण्डन दूतावासका कर्मचारी भन्छन– आरजुलाई स्याहार्दैमा हैरान भैयो

Advertisement

काठमाडौंः साँसदसमेत रहेकी काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा दुई महिनादेखि लण्डन दूतावास नछोड्दा दूतावासका कर्मचारीहरु आजित भएका छन् । 

गएको जनवरी पहिलो सातामै लण्डन पुगेकी आरजुलाई पालन पोषण र घुमफिर गराउने काम लण्डनस्थित नेपाली दूतावासले गर्दै आएको छ । छोरो जयवीरलाई भेटन गएकी आरजु अझै कति समय लण्डन बस्ने हो ? ठेगान छैन । 

Advertisement

आरजुको सत्कार र सुविधाका लागि हरेक दिन ध्यान दिनुपर्दा आफूहरुले नियमित काम राम्रोसँग गर्न नपाएको दूतावासका एक कर्मचारीले फेसबुक म्यासेन्सरमा गुनासो पोखे । उनले भने, ‘नेताकी दुलही, त्यसमाथि साँसद सेवा त गर्नैपर्यो । 

उनी नेपाली दूतावास रहेको लण्डनको केन्द्रमा रहेको किङ्स्टन प्यालेस गार्डेनमा बस्दै आएकी छन् । जहाँ एक रातको न्यूनतम भाडा मात्रै सय पाउण्ड पर्छ । त्यो सबै खर्चको व्यवस्थापन गर्नेदेखि गाडि सुविधासमेत दूतावासले गर्दै आएको छ । 

आक्कल झुक्कल आउने अथितिहरुलाई खाने बस्ने कुराको व्यवस्थापनमा सहयोग गर्नु दूतावासको काम भए पनि एउटै व्यक्ति विना काममा महिनौंसम्म बस्दा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी हैरान भएका छन् । 

दूतावासका कर्मचारी भन्छन्– हामीलाई भन्दा पनि समस्या एम्बासडरलाई भएको छ । यहाँ नबस, म सक्दिन भन्न पनि भएन । थेक्न पनि सकिदैन । यतिखेर राजदूतले समेत चढने गरेको दूतावासको गाडि आरजु र जयवीरले दुरुपयोग गर्दै आएका छन् । 

जयवीर विरामी भएको भन्दै आरजु लण्डन पुगे पनि जयवीर स्वस्थ रहेको र आफै आमासँग दिनभर डुलेर हिँडने गरेको दूतावास स्रोतको भनाई छ । उनीहरुको घुमफिरमा सहयोग गर्ने काम लण्डनकै एक घरजग्गा व्यापारी प्रवेश केसीले गर्दै आएका छन् । 

प्रवेश गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन क्षेत्रीका भाई हुन, जुन मानव तस्करीदेखि विभिन्न अवैध धन्दामा समेत नाम जोडिने गरेका छन् । यस विषयमा राजदुत सुवेदीलाई +४४७३९७३८९५६४ मा पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् । 

मुलुकमा राजनीतिक अन्योल कायम रहिरहेको बेला काँग्रेसको नेतृत्व गरिरहेका पति शेरबहादुरलाई एक्लै छोडेर आरजु किन महिनौंसम्म लण्डन बसिन भन्ने प्रश्न उब्जिएको छ । 

आफू तस्करीमा संलग्न नभएको दावी (२०७३ फागुन २० गते बिहान ५ः०० बजे अपडेट गरिएको)

लण्डनका घरजग्गा व्यापारी प्रवेश केसीले आफू मानव तस्करीमा संलग्न नभएको दावी गरे । उनले आफू तस्करीमा संलग्न भएको भनेर जानकारी दिनेको नाम २४ घण्टाभित्र नदिए जे पनि गर्ने भन्दै कर्पोरेट नेपालका सम्पादकलाई दुई पटक टेलिफोनबाट धम्कीसमेत दिए ।

Advertisement

Advertisement