नवनियुक्त सार्क महासचिव अम्जादले गरे पदभार ग्रहण

Advertisement

काठमाडौंः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिवमा पाकिस्तानका अम्जाद हुसेन बी सिलले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् । यसअघि महासचिव रहेका नेपालका अर्जुनबहादुर थापाको कार्यकाल सकिएकाले अम्जदले पदभार ग्रहण गरेका हुन ।  

कुल ३३ बर्ष कुटनीतिक क्षेत्रमा अनुभव हासिल गरेका अम्जदले इस्लामाबादको नेशनल डिफेन्स युनिभर्सिटीबाट रक्षा र रणनीतिक अध्ययन विषयमा मास्टर डिग्री हासिल गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयदेखि अन्तर्राष्ट्रिय नियोगहरुमा रहेर द्धिपक्षीय तथा बहुपक्षीय कुटनीतिमा राम्रोे अनुभव हासिल गरेका उनले सन् २००३ देखि २००६ सम्म पाकिस्तानको तर्फबाट सार्क सचिवालयमा निर्देशक भएरसमेत काम गरेका थिए । 

Advertisement

अम्जदले काजकिस्तानका लागि राजदूत भएर काम गर्नुका साथै सन २०११ देखि २०१४ सम्म संयुक्त राष्ट्र संघका लागि राजदूत तथा वैकल्पिक स्थायी प्रतिनिधि भएर समेत काम गरेका थिए ।  

Advertisement

Advertisement