भारतीय वित्तमन्त्री भन्छन् -वैध पाँच सय र हजारका भारु साटिन्छन्

Advertisement

काठमाडौँ : नेपाल लगानी सम्मेलन-२०१७ मा भाग लिन आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजारका प्रतिबन्धित भारतीय नोट छिट्टै साटिने बताएका छन् ।

जेट्लीले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै वैधरुपमा नेपालमा रहेका भारतीय नोट साटिने बताएका हुन् । ‘हाम्रो केन्द्रीय बैंक र यहाँको केन्द्रीय बैंकको टोलीले यसबारे छलफल, अध्ययन भैइरहेको छ,’ भन्दै जेट्लीले भने, ‘दुवै देशका केन्द्रीय बैंकहरुले यसबारे छलफल गरी छिट्टै टुङ्गो लगाउने छन् ।’

Advertisement

हालै रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)को टोली नेपाल आएर भारतीय नोटबारे अध्ययन गरी फर्किएको बारे भने उनले सो टोलीको प्रतिबेदन प्राप्त नगरेको बताए । भारतले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन् ।

 

Advertisement

Advertisement