आगामी वर्ष रासायनिक मल अभाव हुने

Advertisement

काठमाडौँ : सरकारले प्रयाप्त मात्रामा मल खरिदको लागि बजेट बिनियोजन नगर्दा आउँदो आर्थिक वर्षमा रासायनिक मलको अभाव हुने भएको छ ।   

कृषि सामग्री कम्पनी लिमिटेडले सात अर्वको बजेट माग गर्दा सरकारले जम्मा चार अर्व ७५ करोड मात्रै बजेटको सीमा दिएको छ ।

Advertisement

कृषि सामाग्री कम्पनि लिमिटेडका प्रबन्ध निर्देशकका अम्मरराज खएरका अनुसार सरकारले माग गरिएकोभन्दा थोरै बजेट निकासा गर्दा पर्याप्त मात्रामा मल खरिद गर्न नसकिने जसले गर्दा देशमा आउँदो वर्ष मल अभाव हुने देखिन्छ ।  

"प्रस्तावित चार अर्व ७५ करोड बजेटबाट तीन लाख टन मल खरिद गर्न सकिन्छ जुन वार्षिक मागभन्दा दुई लाख टन कम हुन्छ," खएरले भने ।

वार्षिक १० देखि १५ प्रतिशतले मलको माग बढ्ने गर्छ तर सरकारबाट बजेट भने कम निकासा हुन्छ, उनले थपे  ।
 
अघिल्ला वर्षहरुमा कम मल ल्याउँदा पनि बजारमा केहि सहजता थियो किनकि तराईका किसानहरु आफैले भारतीय बजारबाट अवैध रुपाम मल खरिद गरी ल्याउथे, खएरले भने । तर यो सालमा भने भारतीय नाकामा पनि कडी-कडाउ भएको र कम्पनीले बेच्ने मलमा पनि केहि मूल्य कम भएको हुँदा भारतीय बजारबाट मल ल्याउन नसकिने हुँदा माग बढ्ने देखिन्छ, उनले भने ।

चालु आवमा कम्पनीले तीन लाख २५ हजार टन रासायनिक मल बिक्री गर्ने जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा मलको भाउ बढ्दा प्रतावित बजेटबाट चालु आवको भन्दा २५-३० हजार टन मल कम आयात हुने खएरले बताए   ।

 

Advertisement

Advertisement