डीपीएलको सातौं दिनमा अाइपुग्दा रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शिर्ष स्थानमा

Advertisement

कैलाली : धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित गरेसँगै च्यालेन्जर्स शिर्ष स्थानमा उक्लिएको हो ।

Advertisement

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले निर्धारित ओभरमा १ सय ३२ रन बनायो । जसमा अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाएका थिए।

१ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गस भने १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।

विराटनगरलाई ध्वस्त पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सका साहव आलमले ४ ओभरमा १९ रन दिँदै ४ बिकेट हात पारे ।

आलम म्यान अफ दि म्याच समेत घोषित भए । विराटनगरलाई सस्तैमा रोक्न दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समेत ३/३ विकेट लिएका थिए ।

Advertisement

Advertisement