राष्ट्र बैंक सञ्चालक समितिमा नयाँ सञ्चालकहरु नियुक्त

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेललाई नियुक्त गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पाँच बर्षका लागि उनीहरुलाई नियुक्त गरेको हो । 

राष्ट्रपतिको भारत भ्रमण स्वीकृतिका लागि बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र  बैंकमा सञ्चालक थप्न भएको हो । रेग्मी राष्ट्र बैककै पूर्व कर्मचारी हुनभने पौडेल राष्ट्र बैंककै सञ्चालक हुन्। पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल आर्थिक सल्लाहकार हुन्। 
चैतदेखि रिक्त रहेको राष्ट्र बैंक सञ्चालक समितिमा पदपूर्ति गरिएको हो ।

Advertisement

राष्ट्र बैंक स्रोतका अनुसार रेग्मी काँग्रेसबाट र पौडेल माओवादीबाट भागबण्डामा परी नियुक्त भएका हुन । सरकारबाट नियुक्त भएका अर्को एक सञ्चालक बालकृष्ण श्रेष्ठको योग्यता विवादका कारण अदालतको आदेशमा उनी निलम्बित छन् । समितिमा गभर्नर, डेपुटी गभर्नरहरु, अर्थ सचिव पदेन सदस्य हुन्छन् । कोरम नपुगेकाले केही समयदेखि राष्ट्र बैंक समितिको बैठक बस्न सकेको थिएन । 

Advertisement

Advertisement