बालाजु लायन्स र लियोबीच मैत्रीपूर्ण फुटशल

Advertisement

काठमाडौंः ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने नारासहित लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रीपूर्ण फुटशल खेल सम्पन्न भएको छ । 

लायन्स क्लब अफ बालाजुका प्रेसिडेन्ट राजु खडकाको नेतृत्वमा रहेको लायन्सहरुको टिम र लियो क्लब अफ बालाजुका प्रेसिडेन्ट प्रज्वलरत्न शाक्यको नेतृत्वमा रहेको लियोहरुको टिमबीच काठमाडौं क्षेत्रपाटीस्थित कुमारी फुटशलमा उक्त खेल सम्पन्न भएको हो । 

Advertisement

‘सय दिनमा सय काम’ नामक अभियान सफलतापूर्वक सम्पन्न गरेको लायन्स क्लब अफ बालाजुले नयाँ वर्षको अवसरमा आप्mना सदस्यहरुको पुनर्ताजगिका लागि खेलको आयोजना गरिएको हो । 

खेलबाट लायन्स र लियोबीच सम्वन्ध अभैm प्रगाढ हुन पुगेको भन्दै खडकाले लायन्स र लियोबीचको सम्वन्ध आगामी दिनमा अभैm गाढा हुँदै जाने र लायन्स क्लबको विभिन्न अभियान तथा कार्यक्रमहरुमा सघाउन यस्ता क्रियाकलापले अभैm प्रेरणा मिल्ने बताए ।  

Advertisement

Advertisement